Section 19
विभागीय कारवाही, सजाय र पुनरावेदन
:
(१) सशस्त्र प्रहरीले आफ्नो कर्तव्य पालन गर्दा असावधानी वा लापरबाही गरेमा वा कुनै कर्तव्य पालन गर्नबाट बच्नको लागि कुनै बहाना गरेमा वा आफ्नो कर्तव्य पालन गर्न असक्षम भएमा वा अनुशासन भङ्ग गरेमा वा तोकिए बमोजिमकोकुनै अनुचित आचरण गरेमा वा दफा २४ बमोजिमको कर्तव्यको पालना नगरेमा वा दफा २७ बमोजिमको अपराध गरेमा वा तोकिएको अन्य अवस्थामा त्यस्तो सशस्त्र प्रहरीलाई कसूरको मात्रा अनुसार भविष्यमा सरकारी सेवाको लागि अयोग्य ठहरिने गरी सेवाबाट बरखास्त गर्न,
भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउन वा तोकिए बमोजिमको अन्य विभागीय सजाय गर्न सक्नेछ ।
(२) सशस्त्र प्रहरीलाई विभागीय सजायको आदेश दिने अधिकार अख्तियारवालालाई हुनेछ ।
(३) उपदफा (१) ले दिएको अधिकारको सर्वसामान्यतामा प्रतिकूल असर नपर्ने गरी सशस्त्र प्रहरीलाई विभागीय सजायको आदेश दिने अधिकारी तोकिएबमोजिम हुनेछ ।
(४) उपदफा (२) वा (३) बमोजिम विभागीय सजायको आदेश दिन पाउने अधिकारीले उपदफा (१) बमोजिम सजायको आदेश दिंदा सजायको आदेश दिनु पर्ने कारण तथा आधार सहितको अभियोग, सो सम्बन्धमा जाँचबुझ गरेको व्यहोरा, निजलाई सफाइको मौका दिइएकोमा निजको सफाइको जिकिर र सो जिकिर बमोजिम थप केही बुझिएको भए सो सम्बन्धमा समेत आफ्नो राय ठहर लेखी र सफाइको मौका नदिइएकोमा सो मौका दिन मनासिब नपरेको कारण, आधार र अवस्था समेत देखाई व्यहोरा खुलाइएको पर्चा खडा गरी सही गरी मिसिल सामेल राख्नु पर्छ ।
(५) सशस्त्र प्रहरीलाई दिइएको विभागीय सजायको आदेश उपर तोकिएको अधिकारी समक्ष पुनरावेदन लाग्नेछ ।